अनियमितता बिरुद्ध जागरुप हौ
अनियमितता बिरुद्ध जागरुप हौ
जिल्लाका स्थानीय तहहरुमा पछिल्लो समयमा अनियमितता, भ्रष्टचार बढ्दै गएको छ ।
स्थानीय सरकारले जनताको आशा, अपेक्षा र विश्वास गुमाउदै गएका छन् । जनताको अपेक्षा पुरा गर्नुको अलावा अहिले अधिकांश जनप्रतिनिधिहरु आफ्नो स्वार्थं पुरा गर्नमा तल्लिन देखिन्छन् ।
अख्तियारमा जिल्लाका उजुरीहरु बढ्दै जानु र त्यसमा पनि सबैभन्दा धेरै स्थानीय तहको हुनुले पनि स्थानीय तहमा भएको भ्रष्टाचार छर्लङ्ग बनाउछ ।
स्थानीय तहको सूचना प्रकाशन नै नगरी टेन्डर गर्ने, उपभोक्ता समितिबाट काम नभएपनि भुक्तानी लिने, मृत्यु भइसकेको नाममा सामाजिक सुरक्षा भत्ता लिने, भ्रमण भत्ताको नाममा दोहोरो तेहोरो भत्ता लिने जस्ता अनियमितता जिल्लामा भइरहेको छ ।
स्थानीय तहहरुमा जथाभावी खरिद बिक्री र मनपरी ढंगले खर्च गर्ने प्रवृति पनि बढ्दै गएको देखिन्छ । स्थानीय सरकार एकलौटी ढंगले चलिरहेको देखिन्छ । स्थानीय तहहरुको बेरुजु रकम पनि बढी नै देखिन्छ । जति बेरुजु देखिए पनि यर्थाथमा यो अनियमितता नै गरेको ठर्हछ ।
राज्यको ढुकुटी मनपरी खर्च गर्ने तर खर्चित रकमको परिणाम नदेखिने विषयमा सम्बन्धित निकाय जवाहदेहित बनाई विभागीय कारवाही गर्न सक्नुपर्छ । साथै स्थानीयहरुले गरिएको खर्च विधिसम्मत छ छैन भन्ने कुरा सम्बन्धित जनप्रतिनिधिहरु जानकार हुनु आवश्यक छ ।
स्थानीय तहमा हुने भ्रष्टचार, अनियमितता निर्मुल पार्न सबै जागरुप हुन जरुरी छ ।