थप दुई संक्रमितले जिते कोरोना
थप दुई संक्रमितले जिते कोरोना
जिल्लाका थप दुई जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।
गोरखा अस्पतालको आइसोलेशनमा उपचारत उनीहरुलाइ मंगलवार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
डिस्चार्ज हुनेहरुमा भीमसेन थापा गाउँपालिका–१ का २७ वर्षीय र पालुङटार नगरपालिका–२ का २६ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए ।
कोरोना परिक्षणको व्रmममा दोस्रो पटकको रिपोर्ट पनि नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको उनले जानकारी दिए ।
उनका अनुसार १४ दिन होम क्वारेन्टिनमा बस्ने शर्तमा उनीहरुलाइ डिस्चार्ज गरिएको हो ।
यो सँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १ सय ५ पुगेको छ । कुल संक्रमित १ सय ७ जनामध्य एक जनाको निधन भइसकेको छ भने एक जना गोरखा अस्पतालको आइसोलेसनमा उपचाररत छिन् ।