आजदेखि फेरि जोर–बिजोर प्रणाली लागू, उपत्यका प्रवेशमा थप कडाइ
आजदेखि फेरि जोर–बिजोर प्रणाली लागू, उपत्यका प्रवेशमा थप कडाइ
सरकारले बिहीबारदेखि सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरेको छ ।
देशैभरि कोरोना सङ्क्रमण फैलिएको भन्दै गृह मन्त्रालयले बिहीबारदेखि फेरि जोर–बिजोर लागू गर्ने निर्णय भएको जनाएको छ ।
काठमाण्डौ उपत्यका र दुई सयभन्दा धेरै सङ्क्रमित रहेका जिल्लामा बिहीबारदेखि नै जोर–बिजोर प्रणाली लागू हुने गृहले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
यस्तै काठमाण्डौ प्रवेश गर्ने ढुवानीबाहेकका सबै गाडीलाई बेलुकी ७ देखि बिहान ७ बजेसम्म प्रवेशमा रोक लगाइएको छ ।
कोरोना सङ्क्रमण बढ्दै गएका जिल्ला क्रमशः बन्द गर्दै जाने र परीक्षण बढाउन आग्रह गर्ने पनि गृहले जनाएको छ ।