फुटवल हेर्न गएका दुई किशोर वेपत्ता
फुटवल हेर्न गएका दुई किशोर वेपत्ता
दरौदी नदि तर्ने क्रममा गोरखामा बिहीवार दुइ किशोर वेपत्ता भएका छन् ।
पालुङटार नगरपालिका–१ खुर्पाजुङका १५ बर्षीय प्रज्वल श्रेष्ठ र अन्दाजी १६ बर्षका सविन श्रेष्ठ वेपत्ता रहेको प्रहरीले जनाएको हो ।‘गोरखा नगरपालिका वडा नम्वर ३ वेनिखोलामा भएको फुटवल खेल हेर्न भनेर चार जना गएका रहेछन्,’ डिएसपी वासुदेव खतिवडाले भने, ‘दिउँसो करिव साडे तीन बजेतिर दरौदी नदी तर्ने क्रममा दुइ जनालाई वगाएछ ।’
सिरानचोक गाउँपालिका–४ चिसापानीधारा नजिकैबाटै दरौदी नदि तर्ने क्रममा उनीहरुलाइ वगाएको उनले बताए । उनीहरुको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।