लक्ष्मीबजार सिल
लक्ष्मीबजार सिल
समुदाय स्तरमा कोरोना देखिएपछि गोरखा नगरपालिका वडा नम्वर ९ लक्ष्मीबजार सिल गरिएको छ ।
बिहीवार बसेको जिल्ला स्तरिय कमाण्ड पोष्टको बैठकले पूर्वमा खोलखोले कट्टेलचोक, पश्चिममा टक्सार सातदोवाटो, उत्तरमा सिर्दि खोला र दक्षिणमा लुदी खोलासम्मको क्षेत्रलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।
संक्रमण पुष्टी भएकी लक्ष्मीबजारकी एक व्युटी पार्लर व्यवसायीको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङको क्रममा अन्य तीन जनामा पनि कोरोना देखिएपछि संक्रमण फैलन नदिन उक्त निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराइले बताए ।
कन्ट्याक्ट ट्रेसिङ कार्यलाइ तिव्रता दिनका लागी सिल गरिएको उनको भनाइ छ । उक्त क्षेत्रमा थप सुरक्षाकर्मी समेत परिचालन गरिने बैठकले निर्णय गरेको छ ।