३ हजार बढी भूकम्पपीडित अनुदान लिन आएनन्

३ हजार बढी भूकम्पपीडित अनुदान लिन आएनन्


शुक्रबार, साउन २३, २०७७


३ हजार बढी भूकम्पपीडित अनुदान लिन आएनन्

जिल्लाका भूकम्पपीडित लाभग्राहीमध्य तीन हजार ६ सय ९२ जनाले हालसम्म अनुदान सम्झौता गरेका छैनन् ।

सम्झौता नगर्नेमा सबैभन्दा बढी पालुङटार नगरपालिकाका लाभग्राही रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयको तथ्याङ्कका उल्लेख छ ।



लाभग्राही कायम भएर पनि सम्झौता नगर्ने पालुङटार नगरपालिकामा मात्रै ८ सय २४ जना रहेको कार्यालय प्रमुख रामशरण आचार्यले बताए । उनका अनुसार सवैभन्दा थोरै भीमसेन थापा गाउँपालिकाकामा १ सय ६ जना रहेका छन् ।

गण्डकी गाउँपालिका का ६०९, गोरखा नगरपालिकाका ५३१, सिरानचोक गाउँपालिकाका ३४३ र चुमनुव्री गाउँपालिकाको ३०४ जना लाभग्राहीले सम्झौता नगरेको उनले बताए ।

त्यस्तै शहिद लखन गाउँपालिकाका ३०३, बारपाक सुलिकोट गाउँपालिकाका २१०, आरुघाट गाउँपालिकाका १८९, धार्चे गाउँपालिकाका १५१ र अजिरकोट गाउँपालिकाका १२२ जना लाभग्राहीको सम्झौता हुन बाँकी रहेको उनको भनाइ छ ।

‘सम्झौता नगर्ने आधाजसो मध्य केहीको डुब्लिकेशन भएको छ र केही लाभग्राहीको मृत्यु भएको तर नजिकको हकवाला नभएर पनि सम्झौता हुन सकेको छैन,’ आचार्यले भने । घर बनाउन आवश्यक नभएका कारण कतिपय लाभग्राहीले सम्झौतामा चासो नदिएको उनको भनाइ छ ।

स्थानीय तहमा सम्झौताको काम भइरहेको तर कार्यालयसम्म आइनपुगेको कार्यालयका वित्तिय व्यवस्थापन बिज्ञ अम्विका पौडेल बताउछन् ।

उनका अनुसार जिल्लामा हालसम्म लाभग्राहीको संख्या ७२ हजार ५८४ रहेको छ । जसमध्य ६६ हजार ८९९ पूर्ण लाभग्राही हुन् भने ५ हजार ६८५ प्रवलिकरणका लाभग्राही हुन् । जसमध्य ७९ हजार १६२ जनाले पहिलो, ६२ हजार १२७ ले दोस्रो र ५८ हजार ३२३ जनाले तेस्रो किस्ता लगिसकेको पौडेलले जानकारी दिए ।

कार्यालय प्रमुख आचार्यका अनुसार लाभग्राही कायम भएर पनि सम्झौता नगर्नेहरुले २०७७ साल भदौ मासन्तसम्म सम्झौता गरेर अनुदानको पहिलो किस्ता लिइसक्नुपर्नेछ । त्यस्तै पौष मसान्तभित्र दोस्रो किस्ता र चैत्र मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्ने उनले बताए ।

‘राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट प्राप्त परिपत्र अनुसार किस्ता लिने समयसिमा यो हो, यो समयमा पनि किस्ता नलिनेहरुलाइ लाभग्राही सूचीबाट हटाइने र किस्ता लिएकाहरुबाट सरकारी बाँकी सरह किस्ता रकम असुल गरिने भनिएको छ,’ उनले भने ।

जिल्लामा हालसम्म करिव ८७ प्रतिशत निजि आवास पुननिर्माणको काम सम्पन्न भएको छ । कुल लाभग्राहीमध्य हालसम्म ५८ हजार ३२३ जनाले तेस्रो किस्ता लगिसकेको प्राधिकरणको तथ्याङ्कका उल्लेख छ । गण्डकी गाउँपालिका पुननिर्माणमा सबैभन्दा पछाडी छ


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda