भदौं १ गते विद्यालयमा अनिवार्य शिक्षक पुग्नै पर्ने
भदौं १ गते विद्यालयमा अनिवार्य शिक्षक पुग्नै पर्ने
सरकारको मन्त्री परिषदको निर्णय कार्यान्वयन गर्ने गराउने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगतका शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिहीबार निर्देशन जारी गर्दै स्थानीय सरकारलाई भदौं १ गतेदेखि नयाँ शैक्षिक भर्नाका कार्यक्रम अघि बढाउन र शिक्षक अनिवार्य विद्यालयमा उपस्थित गराउन निर्देशन दिएको छ ।,
केन्द्रका निर्देशक गेहनाथ गौतमले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्न अब देखि विद्यालय भवन तथा परिसारमा क्वारेन्टिन वा आइसोलेसन राख्न नपाइने ब्यवस्था कार्यन्वयनको लागि निर्देशन दिएको बताए । ‘विगतमा ४५ सय स्कुलमा क्वारेन्टिन रहेकोमा हाल २ हजारमा झारिएको छ ।
साउन अन्तिमसम्ममा सबै हटाउन स्थानीय निकायालई निर्देशन दिएको हो,’ निर्देशन गौतमले भने ‘मन्त्रीपरिषदको निर्णय अनुसार सरकारको कोषबाट तलब खाने शिक्षकहरु आफ्नो दायित्व पुरा गर्नु पर्छ । जहाँ संक्रमण छैन अवस्था हेरि विद्यालय पुनः संचालन कार्यढाँचा समेत मन्त्रालयले बनाउँदै छ ।
भदौं १ गते शिक्षकहरु जसरी पनि विद्यालय पुग्नै पर्छ ।’ उनले थपे ‘कार्य ढाँचामा कोरोना संक्रमणको जोखिमबाट बचेर पठनपाठन गराउने उच्च सतर्कताका विषयबस्तुहरु समावेस गरी ल्याउने तयारी मन्त्रालयको छ ।’
मन्त्रालयका तयार पारेको भदौं १ गतेदेखि विद्यालय पुनः संचालन कार्य ढाँचामा क्वारेन्टिन भएको विद्यालयलाई निमूर्लिकण गर्ने, समाजक दूरी कायम गर्ने, कुनै विद्यार्थीलाई रोम लागेमा तुरुन्त स्वास्थ्य संस्थामा पु¥याउने, एक भन्दा बढी विद्यार्थी सिटमा नराख्ने ब्यवस्था गरेको छ ।
‘विशेष गरी विद्यालय सिफ्ट अनुसार संचालन गर्नु पर्ने ब्यवस्था कार्यढाँचामा गरिन्दै छ,’गौतम भन्छन ‘महत्वपुर्ण कार्य भए मात्र विद्यार्थी विद्यालयमा आउने नत्र सकेसम्म घरबाटै अध्ययन गर्ने र समय मिलाएर विद्यालयमा आउने ब्यवस्था कार्यढाँचामा गरिन्दै छ ।’ सरकारले अनलाईन शिक्षाको लागि प्रत्येक पालिकालाई ३ लाख देखि ५ लाखसम्मको अनुदान अनुसार कुल २४ करोडा रकम निकासा गरेको छ ।