लक्ष्मीबजारका थप एक जनामा कोरोना
लक्ष्मीबजारका थप एक जनामा कोरोना
जिल्लामा एक जना कोरोना संक्रमित थपिएका छन् ।
गोरखा नगरपालिका वडा नम्वर ९ लक्ष्मीबजारका ३५ बर्षीय पुरुषमा मंगलवार कोरोना पुष्टी भएको गोरखा नगरपालिकाका जनस्वास्थ्य निरिक्षक निश्चल अर्यालले बताए । यसअघि कोरोना संक्रमण देखिएकी सोही ठाउँकी एक व्युटी पार्लर व्यवसायीको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको क्रममा उक्त व्यक्तिको पिसिआर परिक्षण गरिएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको स्वावको नमूना परिक्षण गर्दा उक्त पुरुषमा कोरोना देखिएको हो । कन्ट्याक्ट ट्रेसिङकै क्रममा पिसिआर परिक्षण गर्दा यसअघि उक्त पुरुषका श्रीमती र दुइ छोरामा पनि संक्रमण देखिएको थियो ।
उनीहरु उपचार पश्चात निको भएर घर फर्किसकेका छन् भने मंगलवार कोरोना देखिएका उक्त पुरुषलाइ अस्पताल मातहत रहेको गोरखा क्याम्पसको आइसोलेसनमा राखिएको अर्यालले जानकारी दिए ।
‘व्युटी पार्लर व्यवसायीमा कोरोना देखिएपछि दुइ चरणमा गरेर उनको सम्पर्कमा रहेका १ सय ४८ जनाको पिसिआर परिक्षण गर्न पठायौ,’ उनले भने, ‘सात जनाको रिपोर्ट आउन अझै बाँकी छ ।’ रिपोर्ट आएका मध्य चार जनामा कोरोना देखिएको उनले बताए ।