विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १६ भदौदेखि

विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १६ भदौदेखि


बुधबार, साउन २८, २०७७


विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १६ भदौदेखि

सरकारले नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित परीक्षा १६ भदौबाट सञ्चालन गर्न दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ १६ गतेबाट गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताए ।



जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको प्रवक्ता खतिवडाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले भने भदौ मसान्तसम्म विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नदिने सिफारिस गरेको थियो ।

५ साउनमा सरकारले १ भदौबाटै परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको थियो । सरकारको यो निर्णयपछि कतिपय विश्वविद्यालयहरूले भदौ दोस्रो हप्ताबाट परीक्षा सञ्चालनको तयारी गरेका थिए ।

कोभिड–१९ संक्रमित र ज्यान गुमाउनेका संख्या बढ्दै गएपछि सरकारले आफ्नो पुर्व निर्णयमा पुनर्विचार गरेको हो ।

‘फेस टु फेस’ पढाइ अझै अनिश्चित

विद्यार्थी भर्नाबारे निर्णय गरे पनि ‘फेस टु फेस’ पढाइ भने अझै अनिश्चित बनेको छ । मन्त्रि परिषद बैठकले विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र लगायतका शैक्षिक संस्थाहरू अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

गत चैत ५ गतेपछि शैक्षिक संस्थाहरूमा ‘फेस टु फेस’ पढाइ हुन सकेको छैन । कोभिड–१९ कै कारण यो वर्ष माध्यमिक शिक्षा परिक्षा (एसईई) हुन सकेन । विद्यालयको आन्तरिक मूल्यांकनको आधार राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा प्रकाशनको तयारी गरेको छ ।

यो वर्षदेखि कक्षा ११ को वार्षिक परीक्षा पनि सम्बन्धित विद्यालयले नै लिने भएको छ । source:onlinekhabar


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda