गोरखामा निषेधाज्ञा भाद्र १४ गते सम्म लम्बियो
गोरखामा निषेधाज्ञा भाद्र १४ गते सम्म लम्बियो
गोरखमा निषेधाज्ञा १४ गते सम्म लम्बिएको छ ।
जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको वैठकले निषेधाज्ञा ७ दिन थप गरेसँगै भाद्र १४ गते सम्म लम्बिएको हो ।
कोरोना संक्रमण पैmलिन नदिनका साथै स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइको साथ पालन गराउन निषेधाज्ञालाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए ।
‘कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तत्काल थप सर्तकता अपनाउन निषेधाज्ञालाई निरन्तरता दिएका हौ,’ उनले भने, ‘यो अवधिमा भिडभाड हुने क्षेत्रका व्यापारी, जनप्रतिनिधि, स्वाथ्यकर्मी कर्मचारी, एम्बुलेन्स चालक, यातयात मजदुर लगायतको नमुना संकलन गर्ने छौ ।’
निषेधात्रा अवधिमा पिसिआर विधिबाट कोरोना परिक्षणलाई तिव्रता दिने निर्णय भएको उनले जानकारी दिए । यो अवधिमा अत्यावश्यक प्रयोजनका बाहेक सार्वजनिक यातयात, निजी सवारी साधान संचालन पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको प्रजिअ भट्टराईले बताए ।
सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, सामाजिक संघसंस्थाहरु, बैक वितिय संस्था बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका अधिकृत हर्क रोकाले जानकारी दिए ।
उनका अनुसार खाद्यान्न, औषधी र पेट्रोलियम पदार्थ बाहेकका सम्पूर्ण पसलहरु बन्द हुनेछन् ।
विभिन्न नाकाहरु भएर जिल्ला प्रवेश गर्ने व्यक्तिहरुको अभिलेख दरिलो रुपमा राख्नुका साथै ति व्यक्तिलाई अनिवार्य रुपमा मास क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा राख्ने व्यवस्था सम्बन्धित स्थानीय तहहरुले मिलाउने निर्णय भएको उनले जानकारी दिए ।
त्यस्तै कोभिड–१९ को संक्रमण रोकथामको लागि जिल्ला भएका कार्यहरुको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजत्वमा जिल्ला स्तरीय संयुक्त अनुमगन टोली गठन गर्ने निर्णय गरिएको छ ।
पहिलो चरणमा भाद्र १ गते देखि ७ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । तर आसपासका जिल्लाहरुमा कोरोना संक्रमण बढेसँगै उच्च सर्तकर्ता अपनाउन भाद्र १४ गते सम्म निषेधात्रा थप गरेको हो ।