कोरोना संक्रमित महिलाको मृत्यु
कोरोना संक्रमित महिलाको मृत्यु
फाइल तस्बिर
कोरोना संक्रमणबाट आरुघाट गाउँपालिका–४ कि ६५ बर्षीया महिलाको मृत्यु भएको छ ।
काठमाडौको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा उनको मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । उनको मृत्यु भदौ १३ गते राति ११ः४८ बजे भएको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि भदौ ४ गते उनी अस्पताल भर्ना भएकी थिइन् ।
भदौ १३ गते उनमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
ती महिलामा हाइपोथाइरोडिजम तथा मिर्गौलाको रोग देखिएको थियो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।