संक्रमितको सम्पर्कमा रहेका तीन सय बढीको स्वाव संकलन
संक्रमितको सम्पर्कमा रहेका तीन सय बढीको स्वाव संकलन
केही दिन यता गोरखा नगरपालिकाका कोरोना संक्रमितहरुको सम्पर्कमा रहेका तीन सय ४० जनाको पिसिआर परिक्षणका लागी स्वाव संकलन गरिएको छ ।
कन्ट्याक्ट ट्रेसिङको क्रममा उनीहरुको स्वाव संकलन गरेर परिक्षणका लागी पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले बताए । उनीहरु मध्य केहीको रिपोर्ट आइसकेको छ भने केहीको बाँकी छ ।
मंगलवार गोरखा नगरपालिका–६ तीनधारेका संक्रमितको सम्पर्कमा रहेका २५ जनाको स्वाव संकलन गरिएको छ । ९ जना महिला र १६ जना पुरुषको स्वाव संकलन गरिएको रेग्मीले बताए ।
त्यस्तै गोरखा नगरपालिका–१० छेवेटारमा पनि मंगलवार ४६ जनाको स्वाव संकलन गरिएको उनले जानकारी दिए । उनका अनुसार हालसम्म वडा नम्वर १३ को संक्रमितको सम्पर्कमा रहेका १ सय ५९ जनाको स्वाव संकलन गरेर परिक्षणका लागी पठाइएको छ ।
उनीहरु मध्य १ सय १३ जनाको रिपार्ट आइसकेको छ भने ४६ जनाको बाँकी छ । ‘रिपोर्ट आएका मध्य १२ जनामा संक्रमण देखियो बाँकी १ सय १ जनाको रिपोर्ट नेगेटिभ आयो,’ रेग्मीले भने ।
गोरखा नगरपालिका–१० मा कन्ट्याक्ट ट्रेसिङको क्रममा हालसम्म १ सय १० जनाको स्वाव संकलन गरेर परिक्षणका लागी पठाइएको छ । जसमध्य ७५ जनाको रिपोर्ट आइसकेको छ भने ३५ जनाको आउन बाँकी रहेको छ ।
रिपोर्ट आएका मध्य एक जनामा संक्रमण पुष्टी भएको छ भने बाँकीको रिपोर्ट नेगेटिभ रहेको रेग्मीले बताए ।
वुधवार सो क्षेत्रका थप ४६ जनाको स्वाव संकलन गरेर पठाइएको उनले जानकारी दिए । कन्ट्याक्ट ट्रेसिङको कामलाइ थप तिव्रता दिने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । स्क्रिनिङ मार्फत स्वावको नमूना संकलन गर्ने कार्य पनि भइरहेको कार्यालयले जनाएको छ ।