पालुङटार नगरपालिका दुई वडा सिल
पालुङटार नगरपालिका दुई वडा सिल
पालुङटार नगरपालकाको २ वडा सिल गरिएको छ ।
नगरपालकाले मंगलबार साँझ सूचना जारी गर्दै मंगलबार राती १२ बजेबाट वडा नम्वर १ र ९ सिल गरिएको जानकारी गराएको हो । गोरखा नगरपालिका १० का ५५ वर्षीय एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
ति स्वास्थ्यकर्मी उपचारको क्रममा १ र ९ नम्बर वडामा पुगेका थिए । ‘स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकाहरुको नमूनाा संकलन गरी पिसिआर रिपोर्ट नआउँदा सम्मका लागि दुई वडा सिल गरेका हौ,’ नगरप्रमुख दिपक बाबु कंडेलले भने ।
वडा सिललाई प्रभावकारी बनाउन प्रहरी परिचालन गरिएको उनले बताए । अत्यावश्यक काम बाहेक हिडडुल नगर्न वडाबासीलाई सचेत गराइएको नगरपालिकाले जनाएको छ ।