५ सय बढीको पिसिआर रिपोर्ट आउन बाँकी
५ सय बढीको पिसिआर रिपोर्ट आउन बाँकी
जिल्लामा हालसम्म ५ हजार १६ जनाको पिसिआर परिक्षणका लागी स्वावको नमूना संकलन भएको छ ।
जसमध्य ४ हजार ४६० जनाको रिपोर्ट आइसकेको स्वास्थ्य कार्यालयले तथ्याङ्कमा उल्लेख छ । रिपोर्ट आएका मध्य १ सय ३६ जनामा संक्रमण पुष्टी भएको र ४ हजार ३२४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
वुधवार सम्मको तथ्याङ्क अनुसार ५ सय ५६ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रशासन कार्यालयले जारी गरेको तथ्याङ्कमा उल्लेख छ । संक्रमित मध्य १७ जना गोरखा अस्पताल अन्तरगत रहेको गोरखा क्याम्पसको आइसोलेसनमा उपचाररत छन् ।
१ सय १८ जना निको भएर घर फर्किसके । एक जनाको उपचारको क्रममा मृत्यु भइसकेको छ । त्यस्तै अन्य जिल्लामा कोरोना परिक्षण गरेका गोरखाका ११ जनामा कोरोना पुष्टी भएको र तीन जनाको ज्यान गएको बताइएको छ ।
थप २८ जनाको स्वाव संकलन
कोरोना संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको स्वावको नमूना संकलन कार्यलाइ तिव्रता दिएको गोरखा नगरपालिकाले वुधवार थप २८ जनाको स्वाव संकलन गरेको छ ।
गोरखा नगरपालिका(१३ का ८ महिला र २० पुरुषको स्वाव संकलन गरिएको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक निश्चल अर्यालले बताए । कन्ट्याक्ट ट्रेसिङको क्रममा उनीहरुको स्वाव संकलन गरेर पिसिआर परिक्षणका लागी पठाइएको उनले जानकारी दिए ।