वलाङ गाउँका सूचना सम्वाहक ‘कटुवाल बाजे’

वलाङ गाउँका सूचना सम्वाहक ‘कटुवाल बाजे’


बिहिबार, भदौ १८, २०७७


वलाङ गाउँका सूचना सम्वाहक ‘कटुवाल बाजे’

६९ औ बसन्त पार गरिसके उनले । अनुहारका छाला चाउरिसकेका छन् । वुढेसकालले छोएपनि अजिरकोट गाउँपालिका–२ वलाङका कृतिमान गुरुङको जोश र जागरलाइ बुढ्यौलीले छोएको छैन ।

सूचनाको सम्वाहकको रुपमा उनी विगत २५ बर्षभन्दा बढि समयदेखि काम गर्दै आइरहेका छन् । गाउँमा उनी कटुवाल बाजे भनेर परिचित छन् । कटुवाल कराउँदै गाउँमा सूचना प्रवाह गर्नु उनको मुख्य काम हो ।



गुरुङ र तामाङको वसोवास रहेको वलाङ गाउँमा करिव ८४ घरधुरी छन् । संचार माध्यमको सहज पहुँच छैन । सूचनाको स्रोत गुरुङ नै हुन् ।

गाउँघरमा हुने सामूहिक कार्यक्रम होस् वा जमघट, सबैलाइ खवर गर्ने र जुटाउने जिम्मा उनकै हो । ‘गाउँमा कसैको विवाह ब्रतवन्ध छ भने निम्तो दिने काम पनि उहाले गर्नुहुन्छ,’ स्थानीय सुकमाया गुरुङले भनिन्, ‘सामाजिक काममा गाउँलेहरु जुट्नुप¥यो भने पनि कटुवाल कराउँदै सबैलाइ खवर गर्दै हिड्नुहुन्छ ।’

गाउँमा सामाजिक सुरक्षा भत्ता वितरण देखि खोप लगायतका कार्यक्रम संचालन हुने बारेमा पनि कटुवाल बाटै थाहा हुने उनले बताइन् । सूचना प्रवाह गर्दा उनी स्थानीय र नेपाली भाषा दुवै प्रयोग गर्छन् ।

८४ घरधुरीसम्म सूचना पु¥याउन करिव दुइ घण्टा लाग्ने कटुवाल गुरुङ बताउछन् । ‘एकै ठाउँमा मात्र कराएर हुदैन, चार ठाउँमा कराउनुपर्छ,’ उनले भने, ‘ठुलो गाउँमा एक पटक कराए पुग्छ, त्यसपछि स्कुल डाँडा मुनी, स्कुल डाँडा र माथि सिरानमा गएर कराउँछु ।’

अन्य समयमा गाउँलेहरु कामका लागी घरवाहिर हुने भएकाले विहान भात खाने समय पारेर कराउनुपर्ने उनले बताए । माइक लगाएर कराउनुहुन्छ की यत्तिकै भन्ने प्रश्नको जवाफ दिदै उनी भन्छन्, ‘भए पो माइक लगाउने नी ! म मुखले यतिकै कराउने हो, नसुनेको जस्तो लाग्यो भने घरमै गएर पनि भनिदिन्छु ।’ सूचना प्रवाह गरिदिन भन्दै गाउँका जेष्ठ तथा वुद्धिजिवी व्यक्तिहरुले भनेपछि मात्र कटुवाल गराउने उनी बताउछन् ।

‘जो कोहीले भन्दैमा म कराउदिन, गाउँलेहरुलाइ मेरो बिश्वास पनि हुनुप¥यो नी त ! त्यसैले गाउँका गन्यमान्य बुढाहरुले भनेपछि मात्र कराउने हो,’ उनले भने । कटुवाल कराए वापत यसअघि उनले अन्न पाउथे । तर अहिले पैसा पाउछन् ।

‘पहिले बर्षमा एक घर बराबर एक पाथी कोदो पाउथ्यो, तर अहिले एक घरले दुइ सय ५० रुपैया दिन्छन्,’ गुरुङले भने ।

कटुवाल पेशा गरेरै उनले छोराछोरी हुर्काइसके । अहिले गाउँमा गुरुङका बुढाबुढी बस्छन् । गाउँमा कुनै सूचना दिनुपरेमा सबैभन्दा पहिले उनकै खोजी हुन्छ । उनी छन् र त गाउँलेहरुले आवश्यक सूचना पाइरहेका छन् ।

उनी अहिले गाउँमा कोरोना भाइरस सम्बन्धी सचेतनामूलक सन्देश प्रवाह गर्न पनि व्यस्त छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda