महँगो होटल क्वारेन्टिनमा जान जिम्मेवार निकायले नै बाध्य पारेको भन्दै चासो व्यक्त
महँगो होटल क्वारेन्टिनमा जान जिम्मेवार निकायले नै बाध्य पारेको भन्दै चासो व्यक्त
महँगो शुल्क सहितको होटल क्वारेन्टिनमा जान जिम्मेवार निकायले नै बाध्य पार्ने गरेको गुनासो आएको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा गोरखा नगरपालिका नगर संगठन कमिटीले चासो व्यक्त गरेको छ ।
बिहीवार प्रेस बिज्ञप्ति जारी गर्दै महँगो शुल्क तिर्नुपर्ने होटल क्वारेन्टिनको सट्टा सरकारी संयन्त्रद्धारा संचालित मास क्वारेन्टिनमा बस्नका लागी प्रोत्साहन गर्न कमिटीले स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको हो ।
‘वर्तमान समयमा बन्दावन्दीका कारण आम जनतामा आर्थिक संकट पैदा भइरहेको समयमा आवश्यक सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको निगरानी बिनाको महँगो शुल्क सहितको होटल क्वारेन्टिनमा जान जिम्मेवार निकायबाटै प्रेरित भएको जनगुनासो आइरहेको छ,’ बिज्ञप्तिमा भनिएको छ, ‘हाम्रो अध्ययनबाट होटल क्वारेन्टिन भन्दा सरकारी संयन्त्र द्धारा संचालित क्वारेन्टिन स्थलले आवश्यक मापदण्ड पुरा गरेको र सुरक्षित पाइयो ।’
कमिटीद्धारा गठित कोभिड–१९ सचेतना तथा व्यवस्थापन समितिले बिहीवार गोरखा नगरपालिका–१० टक्सार स्थित मनकामना वहिरा आवासिय माविको क्वारेन्टिन स्थल, मझुवा देउरालीको रवर उद्योग भित्र रहेको होल्डिङ सेन्टर र गोरखा क्याम्पसमा रहेको आइसोलेसन सेन्टरको स्थलगत निरिक्षण गरेको छ ।
निरिक्षणको क्रममा मनकामना बहिरा आवासिय माविको क्वारेन्टिन स्थलमा घेरावारको आवश्यकता देखिएको समितिका संयोजक कृष्ण राना मगरले बताए ।