आरुघाट गाउँपालिकामा अत्यावश्यक बाहेकका अन्य सेवा बन्द
आरुघाट गाउँपालिकामा अत्यावश्यक बाहेकका अन्य सेवा बन्द
आरुघाट गाउँपालिकामा अत्यावश्यक बाहेकका अन्य सेवा वन्द गरिएको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी भन्दै भदौ १६ गते बसेको गाउँ कार्यपालिकाको बैठकले भदौ २३ सम्मका लागी सेवा बन्द गर्ने निर्णय गरेको हो ।
‘हाम्रो गाउँपालिकासँग सिमा जोडिएको छिमेकी जिल्ला धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा समुदाय स्तरमा कोरोना फैलिएको र कन्ट्याक्ट ट्रेसिङको पूरै नजिता नआइसकेकाले भदौ २३ गते राती १२ बजेसम्मका लागी अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरेका हौ,’ गाउँपालिका अध्यक्ष पूर्ण दाहालले भने ।
स्वास्थ्य, खानेपानी, संचार, विद्युत, खाद्यान्न, फलपूmल र तरकारी पसलहरु खुल्ला रहने तर होटल तथा रेष्टुरेन्ट, ब्यूटीपार्लर, कपडा पसल, सैलुन, हार्डवेयर पसल, उद्योग तथा कलकारखाना बन्द रहने उनले बताए ।
वैक तथा वित्तिय संस्थाहरु भदौ २१ गतेबाट मात्र संचालन गर्न पाइने दाहालले जानकारी दिए । पालिकाले निजी सवारी संचालनमा समेत रोक लगाएको छ । गाउँपालिका भित्रने नाकामा समेत कडाइ गरिएको दाहालले बताए ।
https://youtu.be/4y9or1oBBLM