शहिद लखनमा प्रविधीमैत्री शिक्षक तालिम शुरु
शहिद लखनमा प्रविधीमैत्री शिक्षक तालिम शुरु
शहिद लखन गाउँपालिका मा प्रविधिमैत्री आधारभूत कक्षा व्यवस्थापन तालिम शुरु भएको छ ।
गाउँपालिकाको आयोजना तथा प्रविधिमैत्री शिक्षक समाजको समन्वयमा विहिबारबाट तालिम शुरु भएको हो । पहिलो चरणको तालिम १० दिन सम्म चल्ने गाउँपालिका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताए ।
उक्त तालिममा ‘पावर प्वाइन्ट’ चलाउने तरिका, जुम मिटिङमा सहभागिता हुनका लागि चाहिने प्रविधि लगायतका डिजिटल प्रविधि सम्बन्धी आधारभूत ज्ञानहरु सिकाइने उनले जानकारी दिए ।
आगामी दिनहरुमा गाउँपालिकाको शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउन तालिमले महत्वपुर्ण भूमिका खेल्ने उनको भनाइ छ । तालिममा गाउँपालिका भरका दुइ सय ५० जना शिक्षकको सहभागिता रहेका छ ।
उनका अनुसार वडा नम्वर १ देखि ५ सम्मका शिक्षकहरुलाई विहान र ६ देखि ९ वडा सम्मका शिक्षकहरुका लागी बेलुकी तालिम संचालन गरिएको छ ।
त्यस्तै गाउँपालिकाले तयार पारेको स्वः अध्ययन सम्बन्धी पुस्तक कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुलाइ वितरण गरिसकिएको खनालले बताए । उक्त पुस्तकमा नियमित रुपमा पढ्दै आएको विषयबस्तुका साथै कोभिड–१९ सम्बन्धी कुराहरु समावेश गरिएको बताइएको छ ।
यस कार्यक्रमका लागी पालिकाले चार लाख विनियोजन गरेको छ ।
https://youtu.be/4y9or1oBBLM