गोरखा नगरपालिका–६ का २ जना सहित २२ जना संक्रमित थपिए
गोरखा नगरपालिका–६ का २ जना सहित २२ जना संक्रमित थपिए
गोरखामा एकै दिन २२ जनामा कोरोना सत्रंmमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द, पोखरामा स्वाब परिक्षणको व्रmममा एकै दिन गोरखाका २२ जना कोरोना संक्रमण पुष्टि भएको हो ।
शुक्रबार कोरोना संक्रमण पुष्टि भएका दुई जना बाहेक २० जना संक्रमित सबै गोरखा नगरपालिकाका भित्रका रहेको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकरी राजुरमण न्यौपानले बताए ।
उनका अनुसार अजिरकोट र शहिद लखन गाउँपालिकाका एक÷एक जनामा पनि कोरोना संक्रमणको पुष्टि भएको हो ।
त्यस्तै गोरखा नगरपालिका वडा नम्बर १३ मा १४ जना, ६ मा २ जना, ७ मा ३ जना र ८ मा एक जनामा कोरोना संक्रमण पुष्टि भएको गोरखा नगरपालिकाका जनस्वास्थ्य निरिक्षक निश्चल अर्यालले जानकारी दिए ।
शुक्रबार कोरोना संक्रमण पुष्टि भएका ३ वर्षीय बालिका देखि ६० वर्षीय पुरुष सम्मका छन ।