गोरखामा १८ जना संक्रमित थपिए
गोरखामा १८ जना संक्रमित थपिए
गोरखामा १८ जना संक्रमित थपिए
गोरखा आज एकै दिन १८ जना कोरोना संक्रमित थपिएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार गोरखामा सोमबार विहान सम्म १८ जना संक्रमित थपिएको हो ।
सोमबार संक्रमण पुष्टि भएको १६ जनना गोरखा नगरपालिका भित्र हुन भने दुई जना पालुङटार नगरपालिकाका रहेका छन् ।
गोरखा नगरपालिका ७ मा २८, ८, ३१, ४, ४०, १२ वर्षीय महिला र ३८, ९, ४५, १७, २८, २४ वर्षीय पुरुषमा गरी जम्मा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै वडा नम्बर ८ का ५६, ३०, २४ वर्षीय पुरुष र २८ वर्षीय महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
पालुङटार नगरपालिका–१ मा २७ वर्षीय पुरुष र ६५ वर्षीय महिलामा संक्रमण पुष्टि भएको छ ।