गोरखामा ६ जना संक्रमित डिस्चार्ज
गोरखामा ६ जना संक्रमित डिस्चार्ज
गोरखामा ६ जना संक्रमित डिस्चार्ज भएको छ । गोरखा क्याम्पको आइशोलेशनमा उपपचारत उनीहरु मंगलबार डिस्चार्ज भएको हो ।
डिस्चार्ज हुनेहरुमा गोरखा नगरपालिका–८ का एक जना पुरुष र १३ का २ जना महिला र ३ जना पुरुष रहेको जिल्ला अस्पताल गोरखाका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।
उनका अनुसार उनीहरुको दोस्रो पटकको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरेको हो ।