अजिरकोट गाउँपालिका साउनेपानीका पहिरो पिडितलाई आर्थिक सहयोग
अजिरकोट गाउँपालिका साउनेपानीका पहिरो पिडितलाई आर्थिक सहयोग
गोरखाको अजिरकोट गाउँपालिका वडा नम्वर १ धन्सीरा स्थित साउने पानीका पहिरो पीडित पाँच घरधुरीलाई आर्थिक सहयोग गरिएको छ ।
आइतबार पहिरो पिडितको घरमै पुगेर ५० हजार नगद हस्तान्तरण गरिएको अजिरकोट गाउँपालिकाका कार्यपालिका सदस्य कृष्ण बहादुर घलले बताउनुभयो ।
अजिरकोट गाउँपालिका वडा नम्वर ३ घर भइ हाल हङकङ बस्दै आएका सुर्य प्रसाद र इश्वर गुरुङको समन्वयमा गोरखा समाज हङकङबाट प्राप्त भएको उक्त नगद ५० हजार पहिरो पीडितलाइ हस्तान्तरण गरिएको उहाले जानकारी दिनुभयो ।
गरिबसँग बिशेश्वर कार्यक्रमकाा जिल्ला समन्वयकर्ता ओम गुरुङले पीडित घरधुरीलाई रकम हस्तान्तरण गर्नुभएको हो ।
अविरल बर्षाका कारण गत साउन २८ गत गएको पहिरोले घरमा क्षति पुगेसँगै पीडितहरु नजिकैको सुरक्षित ठाउँमा टहरो निर्माण गरी बस्दै आएका छन् ।