गोरखामा सात जना कोरोना संक्रमित थपिए
गोरखामा सात जना कोरोना संक्रमित थपिए
गोरखामा आज सात जना कोरोना संक्रमित थपिएको छ ।
आइतबार विहान स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशद्धारा जारी गरेको प्रेस विज्ञप्तीका अनुसार गोरखामा सात जना संक्रमित थपिएको हो ।
आज थपिएको संक्रमितहरु भीमसेन थापा गाउँपालका ३ जना र गोरखा नगरपालिकाको ४ जना रहेका छन् ।
संक्रमित हुनेहरुमा भीमसेन थापा गाउँपालिका–७ का २८ वर्षीय महिला र २८ वर्षीय पुरुष छन् भने वडा नम्बर ८ का २५ वर्षीय महिलाले रहेका छन् ।
गोरखा नगरपालका भित्रका ३० र ३३ वर्षीय महिला र २६ र ३२ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
गोरखा नगरपालिका भित्रका संक्रमितहरुको वडा भने खुलाएको छैन ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको हो ।
