गोरखाका कोरोना संक्रमित पुरुषको काठमाडौंमा मृत्यु
गोरखाका कोरोना संक्रमित पुरुषको काठमाडौंमा मृत्यु
गोरखाका कोरोना संक्रमित एक पुरुषको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको छ ।
भिमसेन थापा गाउँपालिका–१ का ४५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा ती पुरुषको शनिबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजु रमण न्यौपानेले बताए ।मिर्गौला सम्बन्धि समस्या भएपछि ती पुरुष भदौ २१ गते उपचारका लागि टिचिङ अस्पतालमा भर्ना भएका थिए ।उनको भदौ २३ गते कोरोना पुष्टि भएको थियो । source:kantipuronline
ताजा अपडेट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार