करिव ६ महिनापछि काठमाण्डौका लागी छुट्यो यात्रुवाहक सवारी

करिव ६ महिनापछि काठमाण्डौका लागी छुट्यो यात्रुवाहक सवारी


शुक्रबार, अशोज २, २०७७


करिव ६ महिनापछि काठमाण्डौका लागी छुट्यो यात्रुवाहक सवारी

 सरकारले सार्वजनिक यातायात संचालन खुला गरेसँगै गोरखाबाट जिल्ला बाहिरका लागी यात्रुवाहक सवारीहरु छुटेका छन् ।

बिहीवार पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रालिका दुइ वटा माइक्रो यात्रु लिएर काठमाण्डौ पुगेको प्रालिका सेवा प्रदायक कार्यालय सदस्य विपिनचन्द्र ढकालले बताए ।



त्यस्तै नारायणगढबाट यात्रु लिएर गोरखा आएको बस पुनः यात्रु बोकेर नारायणगढ फर्किएको उनले जानकारी दिए ।

‘काठमाण्डौका लागी छुटेका दुई वटा माइक्रोले करिव १५ जना यात्रु लिएर गयो,’ उनले भने, ‘काठमाण्डौबाट भने आज कुनै पनि गाडी आएन ।’

शुक्रवार दुइ वटा सवारी काठमाण्डौ जाने र शनिवारबाट क्यू मा नियमित गाडी संचालन गरिने उनले बताए । आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सवारी संचालन गरिएको ढकालको भनाइ छ ।

‘सबैभन्दा पहिले गाडीलाइ डिसइन्फेक्ट गर्छाै, चालक र सहचालकले अनिवार्य रुपमा भाइजर, पन्जा र मास्क लगाउछन्, अनि सवारीमा सेनिटाइजर राखेका हुन्छौ,’ उनले भने । यात्रुका लागी पनि मास्क अनिवार्य गरिएको उनले बताए । मास्क लगाउन छुटेका यात्रुलाइ सवारीमै मास्क उपलब्ध गराइने उनको भनाइ छ ।

तर बजार मूल्य बराबरको शुल्क भने यात्रुले तिर्नुपर्ने उनले जानकारी दिए । ‘सिट क्षमताभन्दा आधा प्रतिशत यात्रु बोक्ने हो, भाडादर भने यात्रुले साविकको भन्दा ५० प्रतिशत बढी तिर्नुपर्छ, त्यो भन्दा महँगो भाडा लिएको वा तोकिएको भन्दा बढी यात्रु राखेको पाइएमा त्यो सवारीलाइ हामी कारवाही गर्छाै,’ ढकालले भने । बिभिन्न ठाउँमा सवारीको निगरानी र अनुगमन हुने उनले बताए ।

बिहीवार गोरखा दरौदी यातायात सेवा प्रालिका पनि दुइ वटा सवारी यात्रु बोकेर काठमाण्डौका लागी छुटेको छ । बिश्वकर्मा पुजा भएका कारण बिहीवार अरु सवारी संचालन नभएको प्रालिका संचालक समिति सदस्य अन्जनबाबु खत्रीले बताए ।

‘आज फ्रि क्यू मा स्वइच्छाले सवारी चले, भोलीबाट क्यू मा नियमित गाडी छुट्छन्,’ उनले भने । ग्रामिण भेगको सन्दर्भमा सडकको अवस्था अनुगमन गरेर गाडी संचालन गर्ने उनले बताए ।

गाडी संचालन गर्दा आवश्यक स्वास्थ्य सुरुक्षा मापदण्ड अपनाइएको उनको भनाइ छ । ‘चालक र सहचालकलाई पन्जा र मास्क अनिवार्य छ, सवारीमा सेनिटाइजर राखेका छौ, यात्रुले पनि अनिवार्य रुपमा मास्क लगाउनुपर्छ,’ उनले भने । संचालन हुने सबै सवारी डिसइन्फेक्ट गरिने उनले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda