पाँच बर्षमा पनि बिद्यालय पुनर्निर्माण सकिएन

पाँच बर्षमा पनि बिद्यालय पुनर्निर्माण सकिएन


आइतवार, अशोज ४, २०७७


पाँच बर्षमा पनि बिद्यालय पुनर्निर्माण सकिएन

केशव गुरुङ

भूकम्पले क्षति पुगेको जिल्लाका बिद्यालय भवन पुननिर्माणको काम पाँच बर्षमा पनि सम्पन्न हुन सकेको छैन ।
२०७२ को भूकम्पले क्षति पु¥याएको ४ सय ९० बिद्यालय भवन मध्य हालसम्म ३ सय ३६ वटा मात्र पुननिर्माण भएका छन् । भूकम्पले क्षति पुगेका मध्य ४ सय १९ विद्यालय भवन पुननिर्माण गर्नुपर्ने जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षाले जनाएको छ ।



‘कुल ४ सय ९० वटा बिद्यालय भवनमा क्षति पुगेको हो,’ इकाइ प्रमुख बिष्णु प्रसाद मिश्रले भने, ‘तर प्राविधिक सर्वेक्षण गर्दा ४ सय १९ विद्यालय भवन मात्र पुननिर्माण गर्नुपर्ने देखियो ।’ विद्यार्थी संख्या कमी भएका कारण पुननिर्माण हुनुपर्ने केही बिद्यालयहरु अन्य बिद्यालयसँग ‘मर्ज’ भएकाले पुननिर्माण आवश्यक नरहेको उनले बताए ।
कार्यालयको तथ्याङ्क अनुसार भूकम्पले जिल्लाका ३ हजार ५२ कक्षा कोठा पूर्ण र १ हजार ८५ कक्षा कोठा आंशिक रुपमा क्षति पु¥याएको थियो । लकडाउनका कारण विद्यालय पुननिर्माणको काम केही समय रोकिएको थियो । क्षति पुगेका विद्यालय भवन मध्य ३ सय ४२ वटा व्यवस्थापन समिति मार्पmत पुननिर्माण भइरहेको कार्यालयले जनाएको छ ।

अधिकांश भवन बनिसके केही निर्माणको अन्तिम चरणमा रहेका छन् । ३५ वटा बिद्यालय भवन गैरसरकारी निकाय मार्पmत पुननिर्माण भएका छन् । क्षति पुगेका विद्यालय मध्य ८१ वटा भवन पुननिर्माणको जिम्मा मित्र राष्ट्र तथा अन्तराष्ट्रिय वित्तिय सस्थालाई दिइएको छ । ति मध्ये ६९ वटा विद्यालय भवन पुननिर्माण भइसकेका छन् । बाँकी ९ वटा भवन निर्माणाधिन अवस्थामा रहेकोे मिश्रले जानकारी दिए ।

भारत सरकारले जिम्मा लिएका सात वटा विद्यालय मध्य तीन वटा भवन पुननिर्माण भइसकेको र चार वटा भवन निर्माणाधिन अवस्थामा छन । जिल्लाको भौगोलिक विकटता, र बर्षातको समयमा सामान ढुवानीमा समस्या हुदा पुननिर्माणमा केही ढिलाई भएको मिश्रले बताए । लक डाउनका कारण पनि समस्या भएको उनको भनाइ छ । २०७३ साल देखि विद्यालयको पुननिर्माणको कार्य शुरु भएको कार्यालयले जनाएको छ ।

चिन सरकारले जिम्माले लिएको बिद्यालय अलपत्र

चिन सरकारले पुननिर्माण जिम्मा लिएको शहिद लखन गाउिँपालिका–४ ताक्लुङको सिंजाली माध्यमिक विद्यालयको पुननिर्माण अझै हुन सकेको छैन । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको समयमा नेपाल आएको चीन सरकारको उच्चस्तरीय टोलीले हिमाली क्षेत्रमा १० वटा सुविधा सम्पन्न आवासीय विद्यालय बनाउने जिम्मा लिएको थियो । सोहि अनुसार गोरखाको सिंजाली माविमा पनि सुविधा सम्पन्न भवन बनाइदिने भन्दै ०६८ सालमा सम्झौता गरेको थियो ।

तर हाल सम्म विद्यालय भवन निर्माण कार्य शुरु हुन सकेको छैन । ‘मन्त्रालयमा पनि पटक पटक फलो गर्दैछौ, लकडाउन हुनु भन्दा अगाडि चिनसँग कुराकानी भएको थियो,’ उनले भने, ‘त्यहि बेला चीनबाट कोरोना भाइरसको महामारी पैmलियो, यस्तो बेला नगरौ भन्ने भयो, त्यस पछि कुराकानी भएको छैन ।’ विद्यालयको पुननिर्माणका लागि हाल सम्म सर्वे समेत हुन सकेको छैन ।

‘यो पराराष्ट्र मन्त्रालयले गरेको मन्त्रीस्तरीय सम्झौता हो, हामीले बनायौ भने, भोलि मित्र राष्ट्रको सम्बन्धको कुरा छ, सम्झौता तोड्न पनि भएन,’ उनले भने । सम्झौता तोड्दा कुटनीतिक मर्यादा विपरति हुने उनको भनाई छ । भवन निर्माण नहुदा अस्थायी टहरामा पठनपाठन गर्न बाध्य भएको विद्यालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda