कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङको मापदण्ड फेर्ने तयारी
कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङको मापदण्ड फेर्ने तयारी
सरकारले कोरोना भाइरस (कोभिड–१९) को परीक्षणको नीति परिवर्तन गरी लक्षण देखिएकाको मात्र परीक्षण गर्ने तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले हाल प्रचलित परीक्षण र कन्ट्याक्ट ट्रेसिङको नीति परिवर्तन गर्ने तयारी रहेको बताए । ‘बिरामीको मात्रै उपचार गर्ने अथवा बिरामीको मात्रै परीक्षण गर्ने हो कि भन्नेमा छौं’ उनले भने ।
आइतबार संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित ‘कोरोना भाइरसको जोखीम न्युनीकरणमा सरकारले चालेका कदमहरुको अध्ययन तथा अनुगमन उपसमिति’ले सिंहदरबारमा बैठक राखेको थियो ।
उक्त बैठकमा सचिव अर्यालले खर्च कटौतीका लागि पनि हालको कोरोना परीक्षण र यसको कन्ट्याक्ट ट्रेसिङको मोडल परिवर्तन गर्न आवश्यक रहेको बताए ।
‘अहिले दिनमा टेष्टमा ६र७ करोड खर्च गरेका छौं । ट्रिटमेन्टमा करिब करिब दिनमा ६र७ करोड खर्च गरेका छौं । १२ करोडको प्रतिदिनको खर्च अस्पताल पूर्वाधार सुधारमा लगाउन पाइयो भने संक्रमित जो लक्षण देखिएका छन् उहाँहरुले क्वालिटीको सर्भिस पाउन सक्नुहुन्थ्यो’ उनले भने ।