पूर्वाधार बिकास कार्यालयबाट यातायातको काम शुरु
पूर्वाधार बिकास कार्यालयबाट यातायातको काम शुरु
पूर्वाधार बिकास कार्यालय गोरखाले आइतवारबाट यातायात शाखाको सेवा शुरु गरेको छ ।
सवारी ब्लु बुक नविकरण, सवारी कर संकलन, रुट इजाजतपत्र नविकरण, अस्थायी रुट इजाजत पत्र (पटके) वितरण, सवारी जाँचपास लगायतका सेवा शुरु भएको कार्यालयका यातायात शाखा अधिकृत कमल प्रसाद कडेलले बताए ।
यस अघि उक्त सेवा लिनका लागी तनहूँको डुम्रे बजार जानुपर्ने वाध्यता जिल्लावासीलाई थियो । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङले जुम मिटिङ मार्फत लम्जुङ र गोरखाको कार्यालयबाट औपचारिक रुपमा यातायात सेवा शुरु भएको घोषणा गरेका हुन् ।
आइतवार ४० जनाले सेवाले लिएको कडेलले बताए । उनीहरु मध्य अधिकांश सेवाग्राही ब्लु बुक नविकरण गर्न आएको उनको भनाइ छ । यही भदौ १ गते औपचारिक रुपमा भौतिक पूर्वाधार कार्यालयको उद्घाटन भएको थियो ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार बिकास मन्त्रालय अन्तरगत रहेको उक्त कार्यालय साविकको भवन डिभिजन कार्यालयको भवनमा छ । पूर्वाधार बिकास कार्यालयबाट सेवा प्रवाह हुने गरी भवन डिभिजन कार्यालय पूर्वाधार कार्यालयमा गाभिएको बताइएको छ ।