एक थपिए, चार डिस्चार्ज
एक थपिए, चार डिस्चार्ज
गोरखामा चार जना संक्रमित निको भएर घर फर्किएका छन् । गोरखा क्याम्पसको आइसोलेशनमा उपचारत चार जना पुरुष सोमबार घर फर्किएको गोरखा अस्पतालले जनाएको छ । गोरखा नगरपालिका–६ का २७, ३६ र ४९ वर्षीय र ८ का २३ वर्षीय पुरुष निको भएर घर फर्किएको अस्पतालको सूचना अधिकारी कृष्ण ढकालले बताए ।
१४ दिन आइसोलेशनको बसाई पुरा गर्दा कुनै लक्षण नदेखिएकाले उनीहरुलाई डिस्चार्ज गरिएको हो । कोरोना परिक्षणको क्रममा दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आए पछि उनीहरुलाइ घर फर्काएको अस्पतालल जनाएको छ ।
यस्तै गोरखामा सोमबार एक जनामा कोरोना संक्रमित पुष्टि भएको छ । सिरानचोक गाउँपालिका–६ का ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।