उपचार खर्च जुटाउन नसक्दा ६ महिना देखि सानुमाया अस्पतालमा
उपचार खर्च जुटाउन नसक्दा ६ महिना देखि सानुमाया अस्पतालमा
केशव गुरुङ
दुर्घटनामा घाइते भई उपचारत शहिद लखन गाउँपालिका–२ कि सानुमाया नेपाली आर्थिक अभावले अस्पतालमै रोकिएकी छिन् । अस्पतालको पट्यारलाग्दो वसाइ लम्विदा आर्थिक भार समेत थपिएको छ ।
रोजगारीका लागि भारत पुगेका श्रीमान रवी नेपाली र सानुमाया स्वदेश फकिदै गर्दा भारतको लखनउमा गत फाग्ुन २५ गते गाडी दुर्घटना परी घाइते भएका छन् । कोभिडको त्रासका बीच घर फकिर्दै गर्दा घाइते भएका यी दम्पतीले केही दिन भारत मै उपचार गरे ।
‘कोरोना डर बढ्दै गयो, स्वदेशमै उपचार गर्ने निधो लिएर हामी फर्कियौँ’,’ सानुमायाका श्रीमान रवी नेपालीले भने, ‘चितवनको पुरानो मेडिकल कलेजमा भर्ना भएको ६ महिना पुगी सक्यो, अस्पताललाई उपचारमा लागेको खर्च तिर्न नसक्दा श्रीमतीलाई डिस्चार्ज गर्न सकेको छैन ।’
दुर्घटनामा परी रवी आपैm घाइते छन् । दोब्रे खुट्टा भाँचिएका उनी बैशाखीको साहाराले सामान्य हिडडुल गर्न सक्ने भएका छन् । हाल घाइते श्रीमतीको कुरुवा भएर उनै वसेका छन् । श्रीमाती सानुमायाको भने मेरुदण्ड भाँचिएको छ । दुवै खुट्टा चल्दैन ।
‘म आफै घाइते मान्छे श्रीमतीको स्याहार गरेर वसेको छु,’ उनले भने, ‘श्रीमती सानुमायालाई अस्पतालले डिस्चार्ज गरेको दुई महिना भयो, उपचार गर्दा पाँच–छ लाख खर्च लागेको छ, त्यो पैसा बुझाउने बाटो कतै नहुदा श्रीमती अस्पतालमै छिन ।’
भारतको गुजरातमा कुक कामका लागि पुगेका रविले हाल सम्म कमाएको पैसा पनि उपचारमा खर्च भइसकेको बताउछन् । ‘कमाएको सबै उपचारमै सकियो, अव बाँकी पैसा कसरी तिर्ने सोच्न सकेको छैन,’ रविले भने । विदेशको भूमिमा दुर्घटनामा परेका दम्पतीले सवारी विमाको प्रव्रिmया अघि बढाए पनि रकम पाउन नसकेको गुनासो गर्छन् ।
‘नेपाल स्थित भारतीय दुतवासमा पनि गएर घटना विवरण सुनाए,’ उनले भने, ‘यहाँ कुरा गरेर कुनै अर्थ छैन भनेर दुतवासका कर्मचारीले फिर्ता पठाए, कोरोनाको डरले विमाको कुरा गर्न भारत जान पनिसकेका छैनौ ।’ भएका जायजेथा बैकमा धितो राख्दा पनि उपचार खर्च नपुग्ने उनको गुनासो छ ।
‘बारीको लालपुर्जा लिएर धितो राख्न बैङ्ग गएको बैक कर्मचारीले ५० हजार मात्र दिन सकिन्छ भन्नुहुन्छ,’ उनल भने । श्रीमतीलाई घर सम्म ल्याउनका लागि आर्थिक सहयोग गरिदिन उनले सहयोगी दातासँग आग्रह गरेका छन् ।
गोरखा नगरपालिका–९ लक्ष्मीबजारका राजेन्द्र सिर्मलले फुलमायालाई डिस्चार्जका लागि लाग्ने खर्च जुटाउन अभियान पनि शुरु गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्पmत अभियान शुरु गरेको सिर्मलले बताए ।
उनको अभियानबाट हाल सम्म ३५ हजार रुपैया रकम संकलन भइसकेको छ । ‘दशै सम्म घर ल्याउन सकिन्छ कि भन्ने आशाले रकम संकलन अभियानलाई तिव्रता पारेका छौ,’ उनले भने । फुलमायाको आथिक अवस्था कमजोर रहेकाले सहयोग गर्न सहयोगीहातहरुलाई सिर्मलले आग्रह गरे ।
अभियन्ता =राजेन्द्र सिर्मल फोन नं 9813342855