पाँच वर्षमा पनि ठडिएनन् भूकम्पले क्षतिग्रस्त सम्पदा

पाँच वर्षमा पनि ठडिएनन् भूकम्पले क्षतिग्रस्त सम्पदा


मङ्लबार, अशोज ६, २०७७


पाँच वर्षमा पनि ठडिएनन् भूकम्पले क्षतिग्रस्त सम्पदा

भूकम्पले क्षति पुगेको गोरखाका धार्मिक सम्पदा पुनर्निर्माणमा ढिलाइ भएको छ ।
भूकम्प गएको पाँच बर्ष बितिसक्दा पनि अधिकांश सम्पदाको पुनर्निर्माण बाँकी नै रहेको छ । पुरातत्व विभागका अनुसार २०७२ को भूकम्पले जिल्लाका ४५ वटा सम्पदामा क्षति पु¥याएकामा जम्मा २१ सम्पदा पुनर्निर्माण भएका छन् । विभागले चालु आर्थिक बर्षमा २४ वटा सम्पदा पुनर्निर्माणका लागि बजेट छुट्याएको छ ।

विभागले गोरखा दरवार हेरचाह अड्डा र गोरखा संग्रहालयका प्रमुखलाई परियोजना प्रमुखको जिम्मा तोकेर पुनर्निर्माण अघि बढाउन लागेको छ । गोरखा संग्रहालय प्रमुख नवराज अधिकारीले आफ्नो जिम्मेवारीमा १० वटा सम्पदा रहेको बताए ।



पालुङटार नगरपालिका खोप्लाङमा रहेको अन्नपूर्ण देवी मन्दिर, मिरकोटको विश्वेश्वर महादेव, लुइँटेल भञ्ज्याङको वीर भद्रेश्वर र गाइखुरको लोकेश्वर महादेव मन्दिर उनको जिम्मामा छ ।

गोरखा नगरपालिका ताप्लेको कब्रस्थान, पिपलथोकको भीमसेन मन्दिर, बिरिमकाली मन्दिर, शहीद लखन गाउँपालिकाको बुंकोटकाली भुमेको सत्तल, आरुघाटको भीमसेन मन्दिर र गोरखा संग्रहालय पुननिर्माणको जिम्मा अधिकारीलाई छ । यी सम्पदा पुनर्निर्माणका लागि ३ करोड ४० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

गोरखा दरवार हेरचाह अड्डाका प्रमुख हरि भुसालको जिम्मेवारीमा पालुङटार नगरपालिकास्थित लुइँटेल भञ्ज्याङको कलात्मक पौवा, फुजेलको शिवालय मन्दिर परिसरमा रहेको पार्टी, धार्चे गाउँपालिकाको मनेडाँडा, पाध्याङ डाँडा र लाप्राकमा रहेको खोर्का छ्योर्तेन, सिरानचोक गाउँपालिकाको धारापानी चिसापानी गढी माइको मन्दिर, बारपाक सुलिकोटको भीमसेन मन्दिर र महालक्ष्मी माई भगवती मन्दिरहरुको पुनर्निर्माण एवं संरक्षणको काम परेको छ ।

गोरखा दरवार परिसरको कालिका मन्दिर, रंगमहल, शितल पाटी र रिटर्निङ वाल संरक्षण, गोरखा नगरपालिकाको खड्गदेवी मन्दिर सँगै तान्द्राङकोट सिद्ध मन्दिरसहित परिसरको मर्मत सम्भारको जिम्मा पनि भुसाललाई छ । यी सम्पदा पुनर्निर्माणका लागि ४ करोड ९६ लाख रुपैयाँ बजेट छ ।

गोरखा दरवार पुनर्निर्माणमा ढिलाइ

भूकम्पले क्षति पुगेको गोरखा दरवार पुनर्निर्माणको काम पनि कछुवा गतिमा अघि बढेको छ । ठेकेदारको लापरवाहीका कारण काम शुरु भएको तीन बर्ष पुग्नै लाग्दा मुश्किलले ४५ प्रतिशत काम सकिएको छ । भुइँ तलाको काम सकेर पहिलो तलामा झ्यालहरु राख्ने तयारी भइरहेको गोरखा दरवार हेरचाह अड्डा प्रमुख हरि भुसालले बताए ।

समयमै दरवार पुननिर्माण हुन नसक्नुको कारण ठेकेदारको लापरवाही रहेको उनको भनाइ छ । दरवार पुनर्निर्माणका लागि पचली भैरव सिभाको जेभीसँग २०७४ साल कात्तिक २९ गते ठेक्का सम्झौता भएको हो । सम्झौता अनुसार २०७६ साल मंसिर मसान्तभित्र काम सक्नुपर्ने थियो ।

तर तोकिएको समयमा काम सम्पन्न नभएपछि २०७७ जेठ मसान्तसम्मका लागि म्याद थप भयो । तर थप गरिएको समयमा पनि ठेकेदारले काम सम्पन्न नगरेपछि पुनः मंसिर मसान्तसम्मका लागि म्याद थप गरिएको छ ।
ठेकेदारले आवश्यक मात्रामा कामदार ल्याउन नसकेको भुसाल बताउँछन् ।

अहिलेकै गतिमा काम हुने हो भने दोस्रो पटक थपिएको म्यादमा पनि काम सम्पन्न नहुने उनको भनाइ छ । ‘दरवार समयमा पुनर्निर्माण नहुँदा सँगै रहेका कालिका मन्दिर, रंगमहल लगायतका अन्य संरचना पुनर्निर्माण थाल्न सकेका छैनौं,’ उनले भने । कालिका मन्दिर पुर्ननिर्माणका लागि आएको रकम पनि फ्रिज हुँदै आएको उनले बताए ।

‘कालिका मन्दिर पुनर्निर्माणका लागि अघिल्लो र गत बर्ष एक÷एक करोड रुपैयाँ आएको थियो, दरवार पुनर्निर्माण काम समयमै नसकेर यता काम शुरु गर्न सकेनौं, रकम फ्रिज भएर गयो,’ उनले भने । भूकम्पले क्षति पुगेको मनकामना मन्दिर भने यसअघि नै पुनर्निर्माण भइसकेको छ ।

समुदाय स्तरबाट मन्दिरको पुनर्निर्माण गरिएको हो । मन्दिर जिर्णाेद्धारका लागि बिभागले तीन करोड रकम बराबरको सुन र ५० हजार बराबरको काठ उपलब्ध गराएको थियो ।

गुम्बा पुनर्निर्माणले गति लिन सकेन

भूकम्पले क्षति पुगेका गुम्बा पुनर्निर्माणको कामले पनि गति लिन सकेको छैन । हालसम्म आशिंक क्षति पुगेका ९ वटा गुम्बामात्र मर्मत भएका छन् । तर पूर्ण क्षति भएका गुम्बा पुनर्निर्माण हुन नसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिरकण जिल्ला आयोजना कार्यान्वयन इकाइ प्रमुख रामशरण आचार्यले बताए ।

‘भूकम्पले ९१ वटा पूर्ण र १३ वटा आशिंक रुपमा गरी १ सय ४ वटा गुम्बामा क्षति पुगेको हो,’ उनले भने, ‘गतबर्ष आएको दुई करोड दश लाख रकमले आशिंक क्षति पुगेका ९ वटा गुम्बा मर्मत ग¥यौं ।’

यो बर्ष भने पूर्ण क्षति भएका ९ वटा गुम्बा पुनर्निर्माण हुने उनको भनाइ छ । उक्त कामका लागि पाँच करोड १६ लाख रुपैयाँ बजेट विनियोजन भएको उनले जानकारी दिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda