फरार प्रतिवादी पक्राउ
फरार प्रतिवादी पक्राउ
पालुङटार नगरपालिका–३ का एक फरार प्रतिवादीलाइ प्रहरीले मंगलवार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पालुङटार नगरपालिका–३ का ३३ वर्षीय अर्जुन सिर्मल रहेका छन् । उनी बिरुद्ध चोरी मुद्धामा तीन हजार रुपैया जरिवाना तोकिएको थियो ।
तर हालसम्म उनी फरार थिए । पक्राउ परेका उनलाई सजाय भुक्तानका लागी मंगलवार नै जिल्ला अदालत पठाइएको डिएसपी बासुदेव खतिवडाले बताए ।
चालु आर्थिक बर्षको हालसम्म ३९ जना फरार प्रतिवादी पक्राउ परिसकेको उनले जानकारी दिए ।