७७ बर्षमा नागरिकता
७७ बर्षमा नागरिकता
धार्चे गाउँपालिका–६ यार्साकी असरी घलेले ७७ बर्षको उमेरमा नागरिकता पाएकी छिन् ।
बिहीवार जिल्ला प्रशासन कार्यालय आएर उनले नागरिकता बनाएकी हुन् । नागरिकताको महत्व थाहा नहुदाँ उनले यसअघि नागरिकता बनाएकी थिइनन् ।
नागरिकता नहुँदा उनले अहिलेसम्म सामाजिक सुरक्षा भत्ता नपाएको नाती मैते घलेले बताए । नागरिकता बनाउनका लागी उक्त वृद्धा महिलालाई गाउँबाट आरुघाट गाउँपालिकाको सोती सम्म बोकेर ल्याएको उनले जानकारी दिए । ७७ बर्षको उमेरमा नागरिकता पाएपछि असरी घले पनि खुशी भएकी छिन् ।