अफिम सहित गोरखाका एक पक्राउ
अफिम सहित गोरखाका एक पक्राउ
१० किलो ५ सय ग्राम अफिम सहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ का २४ बर्षीय रवि गुरुङ सहित पूर्वी रुकुम पुथा उत्तरगंगा गाउँपालिका–१ का ५० वर्षीय गज पुन र ४० वर्षीय चक्करबहादुर पुन रहेका छन् ।
उक्त अफिम रुकुमबाट ल्याइएको प्रहरीले जनाएको छ । लागूऔषध नियन्त्रणमा ब्युरो, कोटेश्वर र पोखराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पोखरा–६, स्कुलमार्ग बाट पक्राउ गरेको हो ।
थप कानुनी कारबाहीका लागि पक्राउ परेका व्यक्ति र बरामद लागूऔषधलाई जिल्ला प्रहरी कार्यालय, कास्की बुझाइएको छ ।
पक्राउ परेका गज लामो समयदेखि अफिम कारोबारमा सक्रिय व्यक्ति भएको खुलेको ब्युरोका एसपी कृष्णकुमार महतले बताए । अफिम भारतमा लगेर प्रशोधन गरेर ब्राउन सुगर बनाउने गरिन्छ ।