४३ जना फरार प्रतिवादी पक्राउ
४३ जना फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी पक्राउ अभियान लाई तिव्रता दिएको छ । चालु आर्थिक वर्षको हाल सम्म ४३ जना फरार प्रतिवादी पक्राउ परेको कार्यालयले जनाएको छ ।
आइतबार भीमसेन थापा गाउँपालिका–१ का ४१ वर्षीय कान्छा भन्ने सानुबाबु बानियाँ र गोरखा नगरपालिका–१२ का सुरज कुमाललाई पक्राउ गरिएको डिएसपी बासुदेव खतिवडाले बताए ।
जिल्ला अदालत गोरखाले बानियाँलाई सवारी ज्यान मुद्धामा १६ सय २५ रुपैया जरिवाना र कुमाललाई सार्वजनिक मुद्धामा रु १ हजार रुपैया जरिवाना तोकिएको थियो । दुवै जनालाई आ–आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको खतिवडाले बताए । उनीहरुलाई आइतबार नै जिल्ला अदालत गोरखामा पेश गरेको खतिवडाले जानकारी दिए ।
अझै धेरै फरार प्रतिवादीलाइ ृपक्राउ गर्नुपर्ने प्रहरीले जनाएको छ । अभियानले निरन्तरता पाइरहेको बताइएको छ ।