सेनाले बनायो बिद्यालय भवन
सेनाले बनायो बिद्यालय भवन
गोरखा नगरपालिका–८ खल्लुवोटे स्थित नेपाल राष्ट्रिय भूपू सैनिक बिद्यालयले नयाँ भवन पाएको छ ।
सिघ्र प्रभाव आयोजना अन्तरगत नेपाली सेनाबाट विनियोजित २५ लाख रकमबाट उक्त भवन निर्माण भएको हो ।
२०७६ साल पुष महिनाबाट भवन निर्माणको काम शुरु भएको रणसिंह दल गणका गणपति उज्वल केसीले बताए । ९ महिनामा भवन निर्माणको काम सम्पन्न भएको उनले जानकारी दिए ।
चार कोठे उक्त भवनको आइतवार एक कार्यक्रममा बिच नेपाली सेनाका नम्वर ३ वाहिनीपति सागर बहादुर थापाले उद्घाटन गरेका छन् । भवनको उद्घाटन पश्चात बोल्दै उनले यस्ता कामले सेना र नागरिक बिचको सम्बन्ध थप सुधार हुने बताए ।
नवनिर्मित भवनको संरक्षण गर्न समेत उनले आग्रह गरेका छन् ।
नेपाल राष्ट्रिय भूपू सैनिक संघ गोरखाबाट संचालित उक्त बिद्यालय अहिले कक्षा ६ सम्म संचालनमा छ । करिव २ सय बिद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।