शहिद लखनको एक जना सहित गण्डकी प्रदेशमा थप १८ जनामा संक्रमण पुष्टि
शहिद लखनको एक जना सहित गण्डकी प्रदेशमा थप १८ जनामा संक्रमण पुष्टि
गोरखा आज एक जना कोरोना संक्रमित थपिएका छन् ।
शहिद लखन गाउँपालिका–१ का ५३ वर्षीय पुरुषलाई कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
चितवनको मेडिकल कलेजमा कोरोना परिक्षणको व्रmममा ति पुरुषलाई कोरोना संक्रमणको पुष्टि भएको प्रदेशले जनाएको छ ।
आइतबार थपिएका संक्रमित मध्ये गोरखा एक, तनहुँका आठ जना, नवलपुरका सात जना संव्रmमित भएका छन् । त्यस्तै लमजुङ र स्याङजामा एक÷एक जनामा संक्रमित थपिएका छन् ।
सोमबार थपिएका संक्रमित सहित गण्डकी प्रदेशमा अहिलेसम्म संक्रमितको संख्या तीन हजार सात सय ९५ पुगेको छ ।
गण्डकी प्रदेशमा हाल एक हजार ७६ जना सक्रिय संक्रमित छन् ।
संक्रमितमध्ये अहिलेसम्म दुई हजार ६ सय ८९ जना निको भएका छन् ।
प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणकै कारण ३३ जनाको ज्यान गुमेको छ ।