डा. केसीको माग प्रति साझा पार्टी गोरखाको एक्यवद्धता
डा. केसीको माग प्रति साझा पार्टी गोरखाको एक्यवद्धता
डा. गोविन्द केसीको माग प्रति एक्यवद्धता जनाउँदै साझा पार्टी गोरखाले प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाएको छ ।
सोमवार पार्टीका जिल्ला संयोजक किशोर रेग्मीले प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई मार्फत प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाएका हुन् ।कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमविविएस लगायत कार्यक्रम संचालन गर्नुपर्ने र बिभिन्न प्रदेशमा मेडिकल कलेज खोल्ने प्रक्रिया अगाडी बढाउनु पर्ने डा. केसीको माग प्रति पार्टीले समर्थन गरेको छ । सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्न पनि ज्ञापन पत्र मार्फत माग गरिएको छ ।
‘त्रि.वि. चिकित्साशास्त्र अध्ययन संस्थानमा बरिष्ठता मिचेर भएका नियुक्तीहरु सच्याउदै सबै पदमा बरिष्ठताका आधारमा नियुक्ती गरियोस्,’ ज्ञापन पत्रमा भनिएको छ ।
भष्ट्राचारका बिभिन्न घटनाहरुको छानविन गरी दोषी माथि कारवाही गर्न पनि माग गरिएको छ । दोषीलाइ कारवाही नगरेर सत्ताको इसारामा उन्मुक्ती दिएमा अख्तियारमा वहालवाला तथा सेवा निवृत्त आयुक्तहरु माथि पनि कानून बमोजिम छानविन र महाअभियोग लगायतका कारवाही गर्न ज्ञापन पत्र मार्फत माग गरिएको छ ।