तीन फरार प्रतिवादी पक्राउ
तीन फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालयले तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेका छन् ।
सिरानचोक गाउँपालिका–७ का ३३ वर्षीय मनोज गुरुङ, ३१ वर्षीय विकास तामाङ र ३१ वर्षीय राज कुमार तामाङलाई पक्राउ गरिएको डिएसपी बासुदेव खतिवडाले बताए ।
जिल्ला अदालतबाट तीनै जनालाई सार्वजनिक मुद्धा अन्तर्गत एक÷एक हजार जरिवाना तोकिएको थियो ।
उनका उनीहरुलाई आइतवार नै जिल्ला अदालत पेश गरेको छ ।
चालु आर्थिक वर्षको हालसम्म ४६ जना फरार प्रतिवादी पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।