स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै खुल्न थाले बिद्यालय

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै खुल्न थाले बिद्यालय


बुधबार, अशोज १४, २०७७


स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै खुल्न थाले बिद्यालय

कोरोना रोकथाम तथा नियन्त्रणका लागी सरकारले गरेको लक डाउनका कारण लामो समयसम्म बन्द रहेको जिल्लाका बिद्यालयहरु खुल्न थालेका छन् ।

स्वास्थ्य सुरक्षा मापदण्ड सँगै भौतिक दुरी कायम गरी कक्षाहरु संचालन गरिएको बिद्यालयका प्रधानाध्यापकहरु बताउछन् । आइतवारबाट कक्षा संचालन गरेको गोरखा नगरपालिका–७ डण्डीडाँडामा रहेको नवज्योती माविले कक्षा संचालनका लागी बार छुट्याएको छ ।



आइतवार १, ४, ६ र १० कक्षाका बिद्यार्थीलाइ पढाइने प्रधानाध्यापक शिवराम कट्टेलले बताए । उनका अनुसार सोमवार कक्षा २, ७ र ९ का बिद्यार्थीहरुको पठनपाठन हुन्छ ।

मंगलवार बाल बिकास कक्षा सँगै ३, ५ र ८ का बिद्यार्थीलाइ पढाइने उनले बताए । ‘वुधवारबाट पुन त्यही सेड्यूल दोहोरिन्छ, एक हप्तामा एक दिन एउटा बिषयको पालो आओस् भन्ने हो,’ उनले भने । शनिवार वाहेक दैनिक बिहाद दश बजेदेखि १ बजेसम्म तीन घण्टा मात्र पढाइ संचालन गरिएको उनले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार एउटा बेन्चमा एक जना बिद्यार्थी राखिएको छ । ‘एउटा कक्षामा २० जना भन्दा बढी बिद्यार्थी राखेका छैनौ, धेरै बिद्यार्थी भएको कक्षालाइ सेक्सन ब्रेक गराएका छौ,’ उनले भने । बिद्यार्थी र शिक्षकका लागी मास्क अनिवार्य गरिएको छ ।

बिद्यालय पस्दा अनिवार्य रुपमा सावुन पानीले हात धुनुपर्ने उनले बताए । विद्यालयको प्रवेशद्धारमा हात धुने व्यवस्था गरिएको उनको भनाइ छ । ‘शिक्षकलाइ पनि बिद्यार्थीको पुस्तक नछुनु भनेका छौ, एउटा बिद्यार्थीको पाठ्यपुस्तक अर्काेले प्रयोग गर्न नपाउने भनेर नियम बनाएका छौ,’ उनले भने ।

गोरखा नगरपालिका–६ छहरेमा रहेको बालमन्दिर माविले पनि सोमवारबाट कक्षा शुरु गरेको छ । ‘अधिकांश बिद्यार्थी दुर्गम भेगका भएकाले आएका छैनन, अहिले बिद्यार्थीको संख्या कम भएकाले पनि बिद्यालयमा बोलाएर पढाउनु भन्दा पनि गृहकार्य दिएर पठाउने गरेका छौ,’ बिद्यालयका प्रधानाध्यापक लुमनाथ लामिछानेले भने ।

बिद्यार्थी र शिक्षकलाइ मास्क अनिवार्य गरिएको र बिद्यालय हाताको ठाउँठाउँमा हात धुने ठाउँको व्यवस्था गरिएको उनले बताए ।

धार्चे गाउँपालिकाका धेरैजसो बिद्यालय संचालनमा छन् । यही असोज ५ गते बसेको गाउँ शिक्षा समिति, जनप्रतिनिधी, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक लगायत सरोकारवालाको बैठकले बिद्यालय संचालन गर्ने निर्णय गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले बताए ।

सोही निर्णय अनुसार आइतवारबाट कक्षा संचालन गरिएको लाप्राकको मणिकाम देवी माविका प्रधानाध्यापक धन बहादुर गुरुङ बताउछन् । दुई सिफ्ट गरेर पढाइ संचालन गरिएको उनको भनाइ छ ।

‘बिहान दश बजेदेखी १२ः४० सम्म दुइ देखि ६ कक्षाका बिद्यार्थीलाइ पढाउछौ,’ उनले भने, ‘१ बजेदेखि ४ बजेसम्म ७ देखी ११ कक्षाका बिद्यार्थीलाइ पढाइ हुन्छ ।’

एक कोठामा बढीमा १४ जना बिद्यार्थी राखिएको र मास्क र सेनिटाइजर अनिवार्य गरिएको उनले बताए ।
जिल्लाको आरुघाट, भीमसेन थापा गाउँपालिका, पालुङटार नगरपालिका लगायतका अन्य केही स्थानीय तहमा पनि बिद्यालयहरु खुल्न थालेका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda