धार्चेमा पर्यटन पर्वतारोहण सम्बन्धी विषय पढाइने

धार्चेमा पर्यटन पर्वतारोहण सम्बन्धी विषय पढाइने


बिहिबार, अशोज १५, २०७७


धार्चेमा पर्यटन पर्वतारोहण सम्बन्धी विषय पढाइने

केशव गुरुङ

धार्चे गाउँपालिका–४ लाप्राक स्थित मणिकामदेवी माविको कक्षा ११ र १२ मा पर्यटन र पर्वतारोहण सम्बन्धी पढाई हुने भएको छ ।
सोमबार नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नेपाल माउन्टेन एकेडेमी) सँग सम्झौता भएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए । सम्झौता अनुसार पर्यटन सम्बन्धित तालिम संचालनको लागि आवश्यक पाठ्यक्रम प्रतिष्ठानले उपलब्ध गराउने छ ।



‘टेूकिङ गाइड तालिम, पर्यटन र पर्वतारोहणसँग सम्बन्धित तालिम दिइन्छ,’ गाउँपालिका अध्यक्ष गुरुङले भने, ‘परिक्षामा उतीर्ण हुनेहरुलाई प्रतिष्ठानले प्रमाणपत्र उपलब्ध गराउछ ।’

प्रतिष्ठानले गाउँपालिका भित्रका पर्वतीय पर्यटनको उच्च सम्भावना रहेका क्षेत्रहरुको अध्ययन, अनुसन्धानका साथै पूर्वाधार निर्माणका लागि प्राविधिक परामर्श समेत दिने उनले बताए ।

पर्यटन र पर्वतारोहण सम्बन्धी विषय पढ्नेहरुलाइ रोजगारीको समस्या नहुने गाउँपालिका अध्यक्ष गुरुङको दावी छ । ‘यस बिषयको पढाइले टुरिष्ट गाइड, कुक सँगै पवर्तारोहणका लागि दक्ष जनशक्ति उत्पादनका हुनुका साथै धार्चेको पर्यटन क्षेत्रको विकासमा समेत सहयोग पुग्ने अपेक्षा गाउँपालिकाले गरेको छ ।

पर्यटन र पर्वतारोहण सम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान भएमा व्यवसायमा लाग्न समेत सजिलो हुने गुरुङको भनाइ छ । लाप्राकको मणिकाम देवी माविले चालु आर्थिक वर्षबाट ११ र १२ कक्षा संचालनको अनुमति पाएको हो ।

कक्षा ११ मा अनिवार्य विषय बाहेकका ४ वटा ऐच्छिक विषयमा पर्यटन तथा पर्वतारोहणलाई पनि समावेश गर्ने विद्यालका प्रधानाध्यापक धन बहादुर गुरुङले बताए । ‘अहिले भर्ना धमाधम भइरहेको छ, हाल सम्म ३४ जनाले भर्ना गरिसके,’ उनले भने ।

विद्यार्थीको संख्या बढेसँगै चुनौती पनि थपिएको उनको भनाइ छ । लाप्राकका धेरै युवाहरु पर्यटन व्यवसायमा आबद्ध रहेकाले पनि उक्त विषय पठन पाठन गर्न सहज हुने उनको भनाइ छ । चालु वर्ष ११ कक्षा संचालनका लागि गाउँपालिकाबाट १० लाख रकम विनियोजना भएको बताइएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda