गोरखा कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी

गोरखा कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी


शुक्रबार, अशोज १६, २०७७


गोरखा कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी

केशव गुरुङ

गोरखा कारागारमा क्षमता भन्दा बढी दोब्वर कैदीबन्दी राखिएको छ ।
भूकम्पले जीर्ण बनेको भवनमा कैदीबन्दीहरुलाई व्यवस्थापन गर्न समस्या भएको कारागार कार्यालय गोरखाका सूचना अधिकारी प्रेम बहादुर आलेले बताए ।



‘कारागारको क्षमता ५५ जनाको हो,’ उनले भने, ‘तर अहिले १०६ जना छन् ।’ ९९ जना पुरुष र ७ महिला रहेको उनले बताए । भवन जिर्ण भएका कारण थप समस्या भएको उनी बताउछन् ।

‘पुरानो भवन भूकम्पले चर्काएपछि जिर्ण बनेको छ, कुन बेला के हुन्छ भन्न सकिन्न,’ उनले भने । बर्षाको समयमा पानी चुहिने उक्त भवन जसोतसो मर्मत गरिएको उनको भनाइ छ । नयाँ भवन निर्माणका लागि हाल सम्म कुनै कार्य अघि बढ्न नसकेको उनले बताए । ‘पहिले नयाँ भवन बनाउने कुरा उठेको थियो तर पछि सेलाउदै गयो, पहल गरीरहेका छौ, कही कतैबाट सुनुवाई हुन सकिरहेको छैन,’ उनले भने ।

कारागार भित्र शुद्ध खानेपानीको पनि समस्या रहेको उनले बताए । कोभिड–१९ बाट सुरक्षित रहनका लागि स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाईका साथ पालना गरिएको कार्यालयले जनाएको छ ।

कारागार चलानका लागि पिसिआर रिपोर्ट अनिवार्र्य

गत चैत्रबाट कैदीबन्दी भेटघाटमा पूर्ण रुपमा रोक लगाइएको छ । कोभिड–१९ सामान्य अवस्थामा नआए सम्मका लागि कैदीबन्दी भेटघाट गर्न नदिइने आलेले जानकारी दिए ।

यस्तै कारगार चलान गर्न अनिवार्य रुपमा पिसिआर रिपोर्ट नेगेटिभ हुनपर्ने उनले बताए । ‘जिल्ला अदालतबाट कारागार चलान गरे पनि पिसिआर रिपोर्ट नेगेटिभ नआए सम्म प्रहरीकै हिरासतमा राखिन्छ,’ उनले भने, ‘उनीहरु रिपोर्ट नेगेटिभ आएपछि मात्र कारागारमा ल्याउछौ ।’


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda