नवज्योतीमा ‘कन्ट्याक्टलेस ह््याण्ड वासिङ स्टेशन’
नवज्योतीमा ‘कन्ट्याक्टलेस ह््याण्ड वासिङ स्टेशन’
गोरखा नगरपालिका–७ डण्डीडाँडामा रहेको नवज्योती माविमा हातले नछोइकन हात धुन मिल्ने गरी कन्ट्याक्टलेस ह्याण्ड वासिङ स्टेसन निर्माण गरिएको छ ।
कोसडर गोरखा नामक संस्थाले निर्माण गरिदिएको उक्त स्टेसनमा पाँच सय लिटरको पानी ट्यांकी र दुइ वटा धारा राखिएका छन् । बालबालिकाले समेत सहज रुपमा हात धुन मिल्ने गरी स्टेशन निर्माण गरिएको कोसडर गोरखाका कार्यकारी निर्देशक काजिराम रोकाले बताए ।
त्यस्तै संस्थाले बिद्यालयलाई स्वास्थ्य सुरक्षा सामग्री पनि हस्तान्तरण गरेको छ । चार सय थान सर्जिकल मास्क, पाँच लिटर सेनिटाइजर, ५० थान नुहाउने सावुन, दुइ सय मिटर पोलिथिन पाइप र एक सय थान पञ्जा वितरण गरिएको हो ।
बिद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णमान श्रेष्ठको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक शिवराम कट्टेल, शिक्षक कृष्ण बहादुर बसेल लगायतले मन्तव्य राखेका थिए ।