सिरानचोकको व्यवसाय पाश्र्व चित्र प्रमाणिकरण
सिरानचोकको व्यवसाय पाश्र्व चित्र प्रमाणिकरण
बैशाख, १५ गोरखा ः सिरानचोक गाउँपालिका स्तरिय व्यवसाय पाश्र्व चित्रको प्रमाणिकरण गरिएको छ । मंगलवार एक कार्यक्रमका बिच पाश्र्व चित्रको प्रमाणिकरण गरिएको हो । गत असोज देखि मंसिरसम्म कोवो कलेक्टको माध्यमबाट स्थानीय गणकहरुको सहयोगमा व्यवसाय पाश्र्व चित्र तयार गरिएको हो ।
गोरखा उद्योग वाणिज्य संघ अन्तरगत पुर्णिमा परियोजनाको प्राविधिक तथा आर्थिक सहयोगमा सिरानचोक गाँउपालिका ले निर्माण गरेको पाश्र्व चित्र अनुसार उक्त पालिकामा महिलाद्वारा सञ्चालित ३२७ र पुरुषद्वारा सञ्चालित ७२६ गरि कुल १ हजार ५३ व्यवसाय विद्यमान रहेका छन् । ५२ प्रतिशत दर्ता नभएका र ४८ प्रतिशत दर्ता भएको देखिन्छ । जस मध्य ३७ प्रतिशत उत्पादनमुलक, ४४ प्रतिशत सेवामुलक, १७ प्रतिशत रिटेलर र २ प्रतिशत सप्लायर्स रहेको दस्तावेजमा उल्लेख छ ।
गाउँपालिका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रिता देवकोटा, प्रमुख प्रशासकिय अधिकृत नेत्रमणी न्यौपाने, पूर्णमा परियोजनाका सुरेन्द्र पौडेल, जिल्ला उद्यम बिकास अधिकृत शेर बहादुर बोहरा लगायतको उपस्थिती रहेको थियो ।