नेपालको ऋण ११ खर्ब नाघ्यो, हरेक नेपालीको थाप्लोमा ३७ हजार तीन सय
नेपालको ऋण ११ खर्ब नाघ्यो, हरेक नेपालीको थाप्लोमा ३७ हजार तीन सय
नेपालको सार्वजनिक ऋण ११ खर्ब रुपैयाँ नाघेको छ । अर्थ मन्त्रालयका अनुसार माघसम्ममा नेपालको सार्वजनिक ऋण ११ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।
त्यसमध्ये ४ खर्ब ५१ अर्ब ९ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ भने ६ खर्ब ६३ अर्ब ७२ करोड रुपैयाँ बाह्य ऋण रहेको छ ।
नेपालको ऋण ११ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँलाई आजको जनसंख्या २ करोड ९८ लाख ८५ हजार ३ सय ९६ ले भाग गर्दा हरेक नेपालीको भागमा ३७ हजार ३ स २ रुपैयाँ ऋण पर्न आउँछ ।
सात महिनामा सरकारले ति¥यो साढे २५ अर्ब
चालु आर्थिक वर्षको ७ महिनामा सरकारले २५ अर्ब ५० करोड रुपैयाँ ऋण तिरेको छ । सरकारले आन्तरिक तर्फ २ अर्ब ४० करोड रुपैयाँ साँवा र १० अर्ब ६५ करोड रुपैयाँ ब्याज तिरेको छ । बाह्यतर्फ १० अर्ब ३२ करोड रुपैयाँ साँवा र २ अर्ब १३ करोड रुपैयाँ ब्याज तिरेको अर्थ मन्त्रालयले जनाएकोछ।