सिमकार्ड वितरणको व्यवस्था फेरियो
सिमकार्ड वितरणको व्यवस्था फेरियो
नागरिकताको फोटोकपी लिएर आउनेलाई नयाँ वा हराएको सिमकार्ड दिने चलनले भविष्यमा गम्भीर अपराध निम्त्याउनसक्ने निष्कर्ष निकालेको प्राधिकरणले गत बिहबारबाट सिमकार्ड दिने २० वर्ष पुरानो तरिका फेरेको छ ।
प्राधिकरणका निर्देशक तथा प्रवक्ता मिनप्रसाद अर्याल व्यक्तिदेखि राज्यसम्मका सूचनाका सवालमा मोबाइल नम्बरको महत्व बढेकाले सिमकार्ड वितरणको व्यवस्थामा कडाइ गर्नुपरेको बताउँछन् ।
अब सिमकार्ड लिने व्यक्ति आफैँ सक्कली कागजातका साथ उपस्थित हुनपर्नेछ । नयाँ व्यवस्था कार्यान्वयन गर्न प्राधिकरणले सबै सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ ।
अब राष्ट्रियता खुल्ने आधिकारिक परिचपत्रहरू नागरिकताको सक्कल परिचय पत्र, मतदाता परिचय पत्र, राहदानी वा अन्य परिचयपत्रमध्ये कुनै एकको सक्कल लिएर जानेले मात्रै सिमकार्ड पाउनेछन् ।
सेवा प्रदायकले सक्कली परिचयपत्रसँग रुजु गरेपछि सिम वितरण हुनेछ ।
ग्राहक स्वयम् उपस्थित हुन नसक्ने भए कानुन बमोजिमको वारिसनामा वा अख्तियारनामा लिएर आएको व्यक्तिलाई मात्र सिमकार्ड उपलब्ध गराउनुपर्ने प्राधिकरणको सूचनामा उल्लेख छ ।