१० दिनमै बढ्यो पेट्रोल, डिजेलको मूल्य
१० दिनमै बढ्यो पेट्रोल, डिजेलको मूल्य
२८ असार २०७७
नेपाल आयल निगमले १० दिन नबित्दै फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
भारतबाट मूल्य वृद्धि भएर आयत भएसंगै निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको हो । यसअघि असार १६ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
१० दिन अघि पेट्रोलको मूल्य लिटरमा ५ र डिजेलमा २ रुपैयाँले बढेको थियो ।
अब पेट्रोलको मूलय लिटरको १०२ रुपैयाँ पुगेको निगम प्रवक्ता विनितमणि उपाध्यायले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।
डिजेल र मटितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ भएको छ ।
हवाई इनधन र खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको छ ।