सीपीएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन
सीपीएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन
क्याराबिन प्रिमियर लिग९सीपीएल० यस सिजनको आफ्नो पहिलो खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले राम्रो प्रदर्शन गरेका छन्। सन्दीप आवद्ध द्धोली जमैका तल्लवाशले जित हात पारेको छ।
सन्दीपले यस खेलमा १ विकेट लिँदै उत्कृष्ट बलिङ गरे। ९औं ओभरमा बलिङमा आएका सन्दीपले यस ओभरमा ८ रन दिए। त्यसपछि ११औं ओभरमा ३ रन मात्रै दिएका उनले १३औं ओभर ८ रन दिए। १५औं ओभरमा आफ्नो अन्तिम ओभर बलिङ गर्न आएका उनले दोस्रो बलमा विकट लिन सफल भए। २१ बलमा २५ रन बनाएर खेलिरहेका आफगान खेलाडी नाजिबुल्लाहलाई पावेलको हातबाट क्याच आउट गराए। यस ओभरमा ४ रन मात्रै दिए।
४ ओभरमा २४ रन मात्रै दिएका सन्दीप यस खेलमा उनको टोलीबाट सबैभन्दा किफायती बलर बने। लिगको आफ्नो पहिलो खेलमा सन्दीपको टोली जमैकाले सेन्ट लुसिया जुक्सलाई ५ विकेटले हराएको हरायो।
गएराति ब्रायन लारा रंगशालामा भएको खेलमा जमैकाले टस जितेर सेन्ट लुसियालाई पहिले ब्याटिङको निम्ता दिएको थियो। पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले निर्धारित २० ओभरमा दिएको ७ विकेट गुमाएर १५८ रन बनाएको थियो १५९ कोे लक्ष्य जमैकाल १८।५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
–एजेन्सी